Comments Add Comment

मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय

२० मंसिर विराटनगर । प्रदेश १ प्रादेशिक प्राविधिक तथा व्यवसायिक विश्वविद्यालय बनाउने पहिलो प्रदेश बनेको छ । साविकको मनमोहन स्मृति पोलिटेक्निक प्रदेश सरकार मातहत आएसँगै प्रदेश १ पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयन बनाउने प्रदेश बनेको हो ।

मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरणसमेत गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो ।

योसँगै मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकार मातहात आएको छ । पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढीको सम्पति मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेका छन ।

पोलिटेक्नीका अध्यक्ष पोखरेल र विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र समाजिक विकासमन्त्री एवम सहकुलपति घिमिरेले सम्पति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० विगाहा जग्गा र ३१ वटा भवन र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री घिमिरेले नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय निर्माण गरेको बताए ।

उनले नेपालमा रहेका अन्य विश्वविद्यालयको तुलनामा मनमोहन प्राविधिक विश्वविद्यालय पृथक भएको बताए ।

मन्त्री घिमिरेले प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विश्वविद्यालयलाई विकास गर्ने सरकारको योजना रहेको जानकारी दिए ।

उनले विश्वविद्यालयले एक वर्ष भित्रमा पठन पाठन सुरु गर्ने जानकारीसमेत दिए ।

मन्त्री घिमिरेले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरेपनि प्रदेशभित्र मात्र सिमित नरहने बताए ।

मन्त्री घिमिरेले भने, ‘अन्य विश्वविद्यालय जस्तै यो पनि विश्वव्यापी रुपमा रहने छ,’ प्रतिकुलताकावीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पास गरेर मात्र मूर्तरुप दिन सकिएको उनले स्मरणसमेत गरे ।

पोलिटेक्निका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले हरेक प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको बताए ।

उनले अवको शिक्षा ७० प्रतिशत प्राविधिक र व्यवसायिक हुनु पर्नेमा जोड दिए ।

मन्त्री पोखरेल मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेश १ का १४ वटै जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी विश्वविद्यालयका कार्यक्रमलाई फैलाउने बताए ।

मन्त्री पोखरेलले मनमोहन पोलिटेक्निकले विगतदेखिनै शिक्षा र प्राविधिक अध्ययन क्षेत्रमा विशिष्ट भूमिका खेलकै कारण तीनपटकसम्म राष्ट्रिय सम्मान हासिल गर्न सफल भएको बताए ।

प्रदेश सभाले मनमोहन प्राविधि विश्वविद्यालय सम्बन्धी विधेयक गत असोज ६ गते संसदबाट पारित गरेको थियो ।

विधेयकलाई असोज १६ गते तत्कालिन प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले प्रमाणिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment