
२० मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत व्याडमिण्टन प्रतियोगितामा भारतले ६ वटा स्वर्ण पदक जितेको छ ।
भारतले महिला सिंगल, पुरुष सिंगल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलंकाले महिला सिंगलमा स्वर्ण पदक जितेको हो ।
शुक्रबार भएको ब्याडमिन्टनको प्रतिस्पर्धामा अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।
भारतका लागि महिला एकल तर्फ अस्मिता चलिहाले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा हराएर स्वर्ण पदक जितिन् ।
पुरुष एकलतर्फ सिरिल बर्माले भातरकै आर्यमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते ।
मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते । रजत पदक भने श्रीलंकाले जितेको छ ।
महिला डबल्समा श्रीलंकाकी थिलिनी प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलंकाले नै जितेको हो ।
प्रतियोगितामा यसअघि नेपालले ब्याडमिन्टनतर्फ ५ वटा कास्य पदक जितेको थियो ।
प्रतिक्रिया 4