+
+
Shares

आइप्लेक्प मलमा फूड गार्डेन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १५:०३

२० मंसिर, काठमाडौं । काठमाडौंको बानेश्व्रमा रहेको आइप्लेस मलमा फूड गार्डेन सञ्चालनमा आएको छ । पूर्ण पारिवारिक वातावरणका साथ शुक्रबार आइप्लेक्स मलको चौथो तल्लामा फूड गार्डेन सञ्चालनमा आएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नेपालकै पहिलो महिला टेम्पो चालक तथा सफल उद्यमी लक्ष्मी शर्माले फूड गार्डेनको उद्घाटन गरिन् । फूड गार्डेन युवा उद्यमी रेनेशा राईले सञ्चालनमा ल्याएकी हुन् ।

शुक्रबार आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक राईले परिवार बसेर सौहाद्र्ध पूर्ण वातावरण खानका लालगि फूड गार्डेन सञ्चालनमा ल्याएको जानकारी दिइन् । मलको चौथो तल्लामा रहेको फूड गार्डेन प्राकृतिक जस्तै देखिन फुल, बोटविरुवा तथा पानी (झरना) ले सजाइएको छ ।

धुम्रपान तथा मद्यपान निषेध गरिएको उक्त गार्डेन परिवारलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको सञ्चालक राईलले बताइन । गार्डेनमा बालबालिकाहरुलाई खेल्नका लागि ठाउँ समेत बनाइएको छ । बालबच्चसँगै त्यहाँ जादा बच्चाहरुले खेलको भरपुर मज्जा समेत लिन सक्नेछन् ।

राईले छिटो, मिठो, स्वस्थ र स्वादिष्ट परिकारहरु गार्डेनमा उपलब्ध हुने बताइएकी छिन् । गार्डेनको औपचारिक शुभारम्भ गर्दै प्रथम टेम्पे चालक शर्माले पारिवारिक वातावरणसहितको फुड गार्डेन सञ्चालनमा आउनु ज्यादै खुसीको कुरा भएको बताइन् । उनले उद्यमशिलतामा सक्रियता देखाएको भन्दै सञ्चालक राईको प्रशंसासमेत गरिन् ।

गार्डेनका परिकारहरु एयरलाइन्सहरुमा समेत बिक्री गर्न शर्माले सञ्चालकलाई सुझाव दिएकी छिन् । ‘यहाँको परिकारहरु नेपालल एयरलाइन्समा पनि पुगोस, विभिन्न हेलिकप्टर तथा जहाजमा फूड गार्डेनका परिकार उपलब्ध होस्’ उनले भनिन्, ‘यसका लागि एयरलाइन्सले प्रपोजल मागेका बेला प्रपोजल हाल्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?