Comments Add Comment

क्रिकेटमा नेपालको स्वर्ण सम्भावना सकियो

२१ मंसिर, काठमाडौं । नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । र, १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पुरुष क्रिकेटको फाइनल पुग्न असफल रहृयो ।

यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेल ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३/३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसको सुरुवात भने खराब रहृयो । पारस खड्काले घातक बलिङ गर्दा उसले १६ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।

तर कप्तान नजिमुल हसनले उत्कृष्ट पारी खेले । यासिर अलीसँग ४३ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि अफिफ हुसेनसँग ९४ रनको साझेदारी गरेका थिए । आक्रामक पारी खेलेका अफिफदले २८ बलमा ५२ रन जोडे । ६० बलको सामना गरेका हसन ७५ रनमा अविजित रहे ।

नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराको नाममा एक विकेट रहृयो ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment