+
+

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १५:२८

२१ मंसिर, काठमाडौं । ‘हामीलाई शुरुमै गोल खायौं, तर मलाई केटाहरुले गोल फर्काएर जिताउँछ भन्ने विश्वास थियो’, १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत शनिबार माल्दिभसलाई २-१ ले पराजित गरेपछि गोलकिपर विकेश कुथुको भनाइ हो यो ।

दशरथ रंगशालमा भएको खेलमा नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै मालदिभ्सलाई २-१ ले हरायो । र, फाइनलमा पुग्ने सम्भावना बलियो बनायो । अब ठूलै उथलपुथल नभए नेपाल फाइनल पुग्ने पक्का छ, जसले रजत पक्का हुन्छ ।

माल्दिभ्सविरुद्ध नेपाल १८औं मिनेटमै पछि परेको थियो । डिफेण्डर विकास खवासले ब्याक पास दिएको बल गोलकिपर विकेशले क्लियर गर्न नसक्दा मैदान बाहिर फाले । माल्दिभ्सले थ्रो पायो र इब्राहिम हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलए ।

तर नेपालले हरेस खाएन । लगातार विपक्षीमाथि दबाव दिएको नेपालले पहिलो हाफमै बराबरी गोल फर्कायो । ४३ मिनेटमा अभिषेक रिजालले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा शुरुमै अनन्त तामाङले सुनिलब बलको कर्नरमा गोल गर्दै नेपाललाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै नेपालले खेल जित्यो ।

पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गर्दा शुरुदेखि नै विपक्षीमाथि दबाब बनाएर खेलेको थियो ।

तर माल्दिभ्सविरुद्ध शुरुमा त्यो लय कायम राख्न नसक्दा केही गाह्रो भएको गोलकिपर विकेशले सुनाए । तर उत्कृष्ट पुनरागमन गर्दै खेल जिताएको भन्दै उनले भने, ‘अब हाम्रो प्रेसर अली कम भएको छ । यसले भोलिको खेलमा केही सहज हुनेछ ।’

यसअघिका दुई खेलको लुतनामा शनिबार घरेलु दर्शकको उपस्थिति बोक्लो थियो, जसले हुटिङ गर्दै नेपाललाई खेलभर पूरा समर्थन गरे । दर्शकलाई १२औं दर्शक पनि भनिन्छ । घरेलु दर्शकको साथ पाउँदा नेपाली खेलाडीहरु पनि एकदमै उत्साहित थिए । गोलकिपर विकेशले पनि घरेलु दर्शकको अगाडि खल्न पाउँदा आनन्द महसुस गरे । ‘दशरथ रंगशालामा मैले यसअघि अन्तराष्ट्रिय खेल खेलेको थिएन । यस पटक सागमा त्यो सपना पूरा भएको छ। म एकदमै खुशी छु’ विकेश भन्छन्, ‘दर्शकको समर्थनले उर्जा बढाउँछ ।’

शनिबार नै भएको अर्को खेलमा भुटानले श्रीलंकालाई ३-० ले हराएको छ । र, फाइनलमा स्थान बनाएको छ ।

अब नेपालले भोलि बंगलादेशसाग खेल्नेछ । यो खेलमा कम्तिमा बराबरी भए नेपाल फाइनलमा पुग्नेछ ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक छ भने बंगलादेशको ४ । श्रीलंका र माल्दिभ्स भने समूह चरणबाट बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment