Comments Add Comment

गौरिका सिंह स्वर्णबाट चुकिन्

२१ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् ।

शनिबार सातदोबाटोस्थित स्विमिङ भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् ।

उनी भारतकी मन्ना राजिव पटेलभन्दा एक सेकेण्ड भन्दा कम समयले पछि परेकी हुन् । पटेलले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जितेकी छन् ।

१३औं दक्षिण एसियाली खेलकुद -साग)मा गौरिकाले २०० मिटर ब्याकस्ट्रोक र पि|mस्टयालमा स्वर्ण जितेकी थिइन् । तर २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि स्वर्णका लागि पर्याप्त भएन । गौरिकाले आठौ राष्ट्रियमा कायम गरेको १ मिनेट ०७.२२ सेकेण्डको कीर्तिमान सुधार गरेकी हुन् ।

यस्तै डुआना लामा र एलेक्स शाहले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि पदक जित्न सकेनन् ।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले फिना वर्ल्डकप २०१८ सिंगापुरमा आफैंले बनाएको ३५.८२ को कीर्तिमानमा सुधार गर्दै ३५.४६ को टाइमिङ निकालिन् ।

एलेक्सले पुरुष १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०२.१० को नयाँ कीर्तिमान बनाए । उनले आठौं राष्ट्रियमा नाथन दोर्जेले राखेको १ मिनेट ०४.०६ सेकेण्डको कीर्तिमान तोडे । डुआवा आफनो इभेन्टमा चौथो हुँदा एलेक्स छैटौँ भएका छन् ।

बिहीबारदेखि शुरु भएको पौडीमा अहिलेसम्म २२ इभेन्ट सकिँदा भारतले स्वर्णमा दबदबा काय गरेको छ । नेपालले भने २ स्वर्ण २ रजत र १ कास्य जितेको छ । शनिबार भएको सात वटै इभेन्टमा स्वर्ण जितेको भारतले पौडीमा कूल स्वर्ण संख्या १६ पुर्‍याएको छ । श्रीलंकाले भने ४ स्वर्ण जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment