Comments Add Comment

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो ।

ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ ।

घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं बालोन डे ओर अवार्ड देखाएका थिए । त्यसपछि उनले ह्याट्रिक नै गरिदिए ।

खेलको सातौं मिनेटमै एन्टोनी ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । मेस्सीले १७ औं मिनेटमा ग्रिजमनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा मालोर्काका लागि एन्टे बुडिमिरले गोल फर्काए । ४१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र ४३ औं मिनेटमा लुइस सुअरजेले पहिलो गोल गरेपछि बार्सिलोने पहिलो हाफमै ४–१ को अग्रता बनायो ।

एन्टे बुडिमिमरले नै ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । मेस्सीले ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरमा पछि रहेको छ । रियलले शनिबार भएको खेलमा स्पानयोललाई २–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment