+
+
Shares

भन्सार छलेर ल्याइएका करिब ११ लाख बराबरका कपडा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते ८:५३

२२ मंसिर, रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ ।

भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

२ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।

भन्सार छलेर सामान नेपाल भित्र्याउने प्रवृत्ति बढ्दै गएको छ । गत महिनामात्रै ५१ लाखभन्दा बढीको सामानहरू भन्सार कार्यालयमा बुझाइएको ११ नम्बर गणका प्रहरी उपरक्षीक रविनराज कर्णजितले बताए । चालू आर्थिक वर्षमा १ करोड ७५ लाखभन्दा बढीको सामान भन्सार बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?