Comments Add Comment

चाबहिल-साँखु सडकखण्डका स्थानीय फेरि उत्रिए विरोधमा

२२ मंसिर, काठमाडौं । चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । दुर्घटना बढेको र सडकले सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरे ।

सडकका कारण स्थानीय क्षेत्रमा दुर्घटना पनि बढेको स्थानीयको गुनासो छ । सो खण्डमा हालै भएका एक सवारी दुर्घटनामा दोषीलाई कारवाहीको माग पनि गर्दै सडकको अवस्था सुधारका लागि पनि दबाव दिने उद्देश्य पनि राखेर प्रदर्शन गरिएको स्थानीय रामानन्द थापाले बताए । प्रहरीले मापसे गरेर पार्किमा रोकिएका सवारीलाई ठक्क्र दिँदै हिँड्ने सवारीलाई फत्राउ नगरेकोमा विरोध पनि गरिएको उनले बताए ।

सवारी आवागन नै रोकेर सर्वसाधारण सरकारको काम गराईको विरोधमा सडकमा आएका हुन् ।

विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।

तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । त्यसैगरी अहिले विगतमा स्थानीयले सडकका लागि छाडेको क्षेत्र पनि तारबार गर्न थालेकाले समस्या भएको काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ ।

समस्या समाधान गर्न स्थानीय तहले पनि भूमिका नखेलेको भन्दै स्थानीयहरु भने आक्रोशित छन् । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटक-पटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन् ।
तस्वीरः निश्चल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment