+
+
Shares

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते ११:२२

२२ मंसिर, काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलले नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरे ।

सम्म्ाानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे तथा डा. प्रतिभा पाण्डेलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसँयको भेटमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी यस क्षेत्रको विकासमा योगदान पुर्‍याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरे । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था रु. १ लाख २५हजार रहेको छ ।

नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?