 
																			२२ मंसिर, काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापा आइतबार बिहान पक्राउ परेका हुन् ।
ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले ४ हजार रुपैयाँ दिएर प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4