Comments Add Comment

प्रदेशसभा सदस्य भँडेलले लिए सपथ

२२ मंसिर, हेटौंडा । तीन नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश सभा सचिवालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य भँडेललाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । सपथ ग्रहणपछि सभामुख श्रेष्ठले साँसद भँडेललाई प्रदेशसभा अँकित लोगो समेत लगाइदिएका थिए ।

नवनिर्वाचित प्रदेश सभा सदस्य भँडेलले एकबर्षदेखि जनप्रतिनिधि विहीन भक्तपुर क्षेत्र नम्बर १(क) मा रोकिएका विकासका कामहरुलाई पूर्णता दिने र जनतामूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा भएको सपथ ग्रहण कार्यक्रममा उपसभामुख राधिका तामाङ तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

१४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी नेकपाका डिपी ढकालले ११ हजार २ सय ६ मत ल्याएका थिए । तत्कालिन एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

यो पनि पढ्नुहोस भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment