+
+
Shares

चितवनको पिठुवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १९:५०

२२ मंसिर, काठमाडौं । सनराइज बैंकले चितवनको पिठुवामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।

बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे।

सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे। उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?