
२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबारदेखि शुरु भएको जुडोमा नेपालले पहिलो दिन १ स्वर्ण ३ रजत र ३ कास्य जितेको छ ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको जुडोमा देविका खड्काले नेपाललाई स्वर्ण दिलाइन् । उनले ५२ केजी मुनि तौल समूहमा स्वर्ण जितेकी हुन् ।
स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो । देविकाले सबै तीन विपक्षीलाई पारजित गरेकी हुन् ।
यस्तै फाइनल पुगेका अन्य ३ नेपाली खेलाडी भने पराजित हादै रजतमा समिति भए । पुरुष ६६ केजी मुनि नेपालका इन्द्रबहादुर श्रेष्ठले रजत जिते । इन्द्र फाइनलमा भारतका भारतका जस्लिन सिंहसँग पराजित भए । यस समूहमा भुटान र पाकिस्तानका खेलाडीले कास्य जिते ।
महिला ५७ केजीमुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले रजत जितिन् । मनिता फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् । यस स्पर्धामा पाकिस्तान र श्रीलंकाले कास्य जित्यो ।
पुरुष ७३ केजीमुनि सन्जित डंगोलले रजत जिते । फाइनलमा सञ्जित श्रीलंकाका नुवानसँग पराजित भए । यस स्पर्धामा भुटान र भारतले कास्य जित्यो ।
यस्तै महिला ६३ केजीमुनि नेपालकी निर्मला घर्ती मगले रजत जितिन् । यसमा भारतकी निरुपमा देवीले स्वर्ण जित्दा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।
नेपालकी सोमिया भट्टले महिला ४८ केजी मुनि नेपालकी सोमिया भट्टले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कास्य पाकिस्तान जित्यो ।
पुरुष ६० केजीमुनि नेपालका उमेश मगरले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण, श्रीलंकाले रजत र अर्को कास्य भुटानले जितेको छ ।
तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4