
२२ मंसिर, जनकपुरधाम । प्रदेश २ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा पदक ल्याउने नेपाली खेलाडीलाई सम्मान गरेको छ ।
कुस्ती खेलमा नेपालका लागि स्वर्ण ल्याउने संगीता धामीसहित पदक पाउने १३ जना खेलाडीहरुलाई आईतबार साँझ मुख्यमन्त्री कार्यालयमा बोलाएर सम्मान गरिएको छ । कुस्तीमा पदक ल्याउने खेलाडीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले गम्छा पहिराउँदै अबीर लगाएर सम्मान गरेका हुन् ।
त्यस अवसरमा बोल्दै मुख्यमन्त्री राउतले देशको नाम चम्काउन खेलाडीहरुले खेलेको भूमिकाको प्रशंसा गरे । उनले खेलाडीहरु देशको गहना भएको भन्दै संघीय सरकारले खेलाडीहरुको संरक्षणका लागि ध्यान दिनुपर्ने बताए ।
प्रदेश २ सरकार खेलाडीहरुप्रति सकारात्मक रहँदै बिभिन्न किसिमको योजना ल्याएको बताउँदै संघीय सरकारलाई पनि यसतर्फ ध्यान दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4