Comments Add Comment
आजका पत्रपत्रिका :

खाद्यको व्यवस्थापकीय कमजोरीले राज्यकोषमा डेढ करोड क्षति

चाहेर पनि चलेन सार्क

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा ३ स्वर्णसहित गौरिका सिंहले बनाएको कीर्तिमान र ट्रकको ठक्करपछि कोहलपुरमा उत्पन्न तनावले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् ।

‘सडकमै छुटे जुत्ता’ शीर्षक दिएर कान्तिपुरले कोहलपुर घटनाबारे मुख्य समाचार बनाएको छ । कोहलपुरमा आइतबार स्कुलेबालिकालाई ट्रकले ठक्कर दिएपछि तनाव भएको हो । ठक्करबाट बालिकाको दुवै खुट्टटा गुमेको छ । विरोधमा उत्रिएका बालिकाका सहपाठी, शिक्षक र स्थानीयमाथि प्रहरीले गोली चलाउँदा १४ जना घाइते भएका छन् । प्रहरीको यस्तो रवैयालाई लिएर यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।

पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा तीन स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकोबारे पनि कान्तिपुरले एक सामग्री छापेको छ ।

पौडी प्रतिस्पर्धाको चौथो दिन आइतबार ४ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हाल पारेकी हुन् ।

अन्नपूर्णले गौरिकाको उपलब्धिलाई ‘स्वर्णमा ह्याट्रिक’ भनेको छ । ‘१३ औं दक्षिण एसियाली खेखलकुद (साग) मा जलपरी गौरिका सिंहले स्वर्णपदकमा ह्याट्रिक गरेकी छन् । सुरुदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएकी गोरिकाले आइतबार महिला ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा पहिलो स्थान हात पार्दै स्वर्णपदकको संख्या ३ पुर्याएकी हुन् ।

सार्कको प्रभावकारिताबारेको एक टिप्पणी पनि अन्नपूर्णमा छापिएकाे छ । ‘चाहेर पनि चलेन सार्क’ दिएर टिप्पणीमा लेखिएको छ– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ । भारत–पाक टकरावको बन्दी बनेको छ सार्क । यही कारण कर्मचारी तहको नियमित बैठकबाहेक सहकार्यका अन्य काम अवरुद्ध भएको  छ ।

राजधानीले खाद्यको व्यवस्थापकीय कमजोरीले राज्यकोषमा डेढ करोड क्षति पुगेको लेखेको छ । कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएका विषादीरहित कर्णाली सिमी, फापर, उवालगायतका खाद्य तथा अन्य समयमा नै बिक्री वितरण गर्न नसक्दा राज्यकोषको डेढ करोड बढी क्षमति हुने अवस्था सिर्जना भएको समाचारमा उल्लेख छ ।

राजधानी लेख्छ– पाँच वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तु समयमै बिक्री वितरण गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् । यसकारण राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको छ । ती सामग्री अहिले खाद्यको थापाथली गोदाममै थन्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment