Comments Add Comment

महिन्दा राजपाक्षेको आनीबानी : ज्योतिषको सल्लाह अनुसार निर्णय गर्ने प्रधानमन्त्री

सन् १९७० मा पहिलो पटक श्रीलंकाको संसदमा छिरेका महिन्दा राजपाक्षे अहिले श्रीलंकाको प्रधानमन्त्री छन् । दुई पटक राष्ट्रपति बनिसकेका उनी अहिले प्रधानमन्त्री नियुक्त भएका हुन् । श्रीलंकाको सत्तामा आफ्नो पारिवारिक प्रभुत्व जमाउन सफल भएका उनलाई उनकै भाइ गोतावाया राजपाक्षे नियुक्त भएका थिए । उनै गोतावायाले आफ्ना दाइ एवं पूर्व राष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राजपाक्षेको व्यवहार एवं जीवनशैली

राजपक्षे  पुराना किंवदन्तीहरुलाई पूरा आधार मानेर आफ्नो व्यवहार गर्ने गर्छन् । ज्योतिष शास्त्रमा एकदमै ठूलो विश्वास छ उनलाई । आफूले गर्ने कुनैपनि काममा ज्योतिषले नभनी कामै गर्दैनन् । उनी भाग्यशाली बन्न र आफूप्रति अरुको आकर्षण बढाउनको लागि ठूलो संख्यामा बहुमूल्य औंठीहरु लगाउने गरेका छन् । हात्तिको रौं र विभिन्न किसिमका जादुगर औंठीहरु धेरै पहिरिने भएकोले पनि उनको उपनाम नै ‘औंठीहरुको संग्रह’ राखिएको थियो ।

यो पनि पढ्नुहोस बंगलादेशकी प्रधानमन्त्री : भान्साको काममा जाँगर चलाउने, प्याज नखाने

एक पटक विवाहको बखत उनी भिआईपी पाहुनाको रूपमा उपस्थित भएका थिए । जुन पार्टीमा उनले एउटा रत्नले भरिएको औठी हराएका थिए । त्यतिकैमा त्यो होटलमा हंगामा भयो । उनको सुरक्षामा खटिएका सबै सुरक्षा अधिकारीहरु र होटलका कर्मचारीहरुले ठूलो समय लगाएर त्यो औंठी खोजेका थिए । पछि त्यो भिआईपी टेवलको छेउमा रहेको पर्दामा भेटिएको थियो ।

पारिवारिक सत्ता

श्रीलंकामा महिन्दा राजपाक्षे प्रधानमन्त्री बनेको एक महिना पनि भएको छैन । राज्य सत्ताको खिचातानी पछि उनी दोस्रो पटक फेरि प्रधानमन्त्री बनेका हुन् । पारिवारिक जीवन र व्यक्तिगत जीवनहरुमा भिन्न किसिमका स्वभावहरु हुन्छन् । ती स्वभावहरु मध्ये राजपाक्षेको स्वभाव र जीवनशैलीहरु भिन्न किसिमका छन् ।

यो पनि पढ्नुहोस भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

राजपक्षेले शिरान्थी विक्रेमासिंघेसँग विवाह गरेका हुन् । उनी एक बाल-मनोवैज्ञानिक एवं शिक्षाविद् थिइन् । शिरान्थी राजपक्षे श्रीलंकाको नौसेनाका सेवानिवृत्त कमोडोर ई पी विक्रमसिंघेकी छोरी हुन् । राजपक्षे र बिक्रमासिंघेका तीन छोराहरु नमाल, योशिथा र रोहिता छन् । अपि्रल २०१० मा नमाल राजपक्षे हम्बानोटा जिल्लाको लागि संसद सदस्यमा निर्वाचित भएका थिए । उनले आˆनो बुबाको पूर्व निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गरेका थिए ।

यो पनि पढ्नुहोस पाकिस्तानका प्रधानमन्त्री इमरान खान : जसले सरकारी सेवा–सुविधा त्यागे

राजपक्षेका परिवारका धेरै सदस्य हाल राजनीतिमा सक्रिय छन् । एक जना भाइ, गोताभया राजपक्षे जो २० वर्षसम्म श्रीलंका सेनामा कार्यरत सैनिक अधिकारी हुन् । उनी अहिले श्रीलंकाका राष्ट्रपति बनेका छन् । अर्को भाइ, बासिल राजपक्षे, गम्पाहा जिल्लाबाट श्रीलंकाको संसदमा निर्वाचित भएका व्यक्ति हुन् । अपि्रल २०१० को आम चुनावमा कुनै पनि उम्मेदवारले सबैभन्दा बढी मत प्राप्त गरे र उनी आर्थिक विकास मन्त्रीको रूपमा नियुक्त भए । बासिल अपि्रल २०१५ मा भ्रष्टाचारको लागि पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

उनका जेठा भाइ चमाल राजपक्षे १९८९ देखि संसदका सदस्य छन् । श्रीलंकाको १४ औं प्रतिनिधि सभाका सभापति समेत भइसकेका उनी अहिले संसदका सदस्य छन् । राजनीतिमा संलग्न परिवारका अन्य सदस्यहरुमा उनका भतिजा शशिन्ऽ राजपक्षे जो उवा प्रान्तका मुख्यमन्त्री थिए ।शमेन्द्र राजपक्षे -चमाल राजपक्षेका दोस्रो छोरा), श्रीलंकाली वायुसेवाका निर्देशक, उनका जालिया विक्रमासूर्य, संयुक्त राज्य अमेरिकामा श्रीलंकाका राजदूत, उदयंगा वीराटुंगा, श्रीलंकाका रूसका राजदूत, प्रसन्न विक्रमासुर्य, अध्यक्ष एयरपोर्ट एण्ड एविएशन सर्विसेज लिमिटेड रहेका छन् ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment