Comments Add Comment

भीएफएक्सको कारण देखाउँदै रणवीर आलियाको ‘ब्रम्हास्त्र’ पोष्टपोन्ड

नायक रणवीर कपुर र नायिका आलिया भट्टको साथमा नायक अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रम्हास्त्र’को प्रदर्शन मिति फेरि पछि सरेको छ । यो चलचित्रको रिलिज यही बर्षको क्रिसमसमा गर्ने तयारी गरिएको थियो । तर, काम नसकिएको भन्दै अर्को बर्षको समरमा चलचित्रको प्रदर्शन मिति धकेलिएको थियो ।

तर, अब यो चलचित्रलाई आउँदो बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको छ । यसको मुख्यकारण, भीएफएक्सलाई नै मानिएको छ । चलचित्रको छायांकन मनालीमा भैरहेको छ । यसपछि, चलचित्रको एक गीतको छायांकन गर्न बाँकी नै रहेको निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।

चलचित्रको छायांकन सकिएपछि भीएफएक्सको काम बल्ल सकिनेछ । साहरुख खानको समेत केमियो रहेको चलचित्रलाई समरमा तयार गर्न नसकिने जानकारी भीएफएक्स कम्पनीले दिएको छ ।

चलचित्रका निर्देशक आयन मुखर्जी यसलाई बलिउडकै सबैभन्दा ठूलो चलचित्र बनाउन चाहन्छन् । यसैले, यसको निर्माणटिमले कुनै पनि संझौता नगर्ने बताएको छ । यहीकारणले गर्दा चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको हो । यसलेगर्दा, चलचित्रको बजेट समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment