Comments Add Comment

रौतहटको इशनाथमा धमाधम सडक निर्माण

२३ मंसिर, रौतहट । गर्मीमा धुलाम्य र वर्षामा हिँड्नसमेत मुश्किल हुने सडकमा सुधार हुँदै नयाँ सडक निर्माण हुँदै गएपछि इशनाथ नगरपालिकाका स्थानीयलाई सहज भएको छ ।

इशनाथ नगरपालिकाको विभिन्न वडामा नगरपालिकाले निर्माण गरेको सडकका कारण स्थानीयलाई आफ्नो कृषि उत्पादन बजार पु¥याउन सजिलो भएको छ । सवारी साधनमात्रै होइन पैदल हिँडन समेत गाह्रो हुने सडक ग्राभेल र ढलान भएपछि अहिले धुलो र हिलोको समस्या समाधान भएको छ । नगरपालिकाले ९ वटै वडामा चरणबद्ध रुपमा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकोे जनाएको छ ।

निकै लामो समयसम्म पनि सडक निर्माण नहुँदा यातायातमा समस्या भोगेको तर अहिले सडक निर्माण हुने क्रम बढेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय दीलिप साहले बताए । स्थानीय जनप्रतिनिधिले सडकको क्षेत्रमा केही काम गरे पनि अझै पनि ढललगायत नगरक्षेत्र भित्र रहेका विभिन्न समस्या समाधान गर्न चासो देखाउनुपर्ने उनले बताए । गत आर्थिक वर्षमा वडा नं. ४ मा एक्काइस सय मिटर लामो सडकखण्डमा ग्राभल भएकोमा अब सो सडकलाई कालोपत्रे वा ढलान गर्नुपर्ने स्थानीय साहले बताए ।

सदरमुकाम गौर भन्दा पश्चिम रहेको औरैया, मठिया, बन्जरहालगायतलाई समेट्ने इशनाथ नगरपालिकामा सडकको अवश्था निकै कमजोर रहेको छ । गत आर्थिक वर्षमा नगर क्षेत्रभित्र ८ किलोमिटर सडक ढलान गरेको निमित प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले बताए ।

सडक फराकिलो बनाउन सबै भन्दा बढी चुनौतीपूर्ण कार्य रहेको बताउदै उनले यस आर्थिक वर्षमा पनि सडक निर्माणका योजनाहरु प्राथमिकता साथ राखिएको बताएका छन । विश्व बैंकको सहयोगमा नेपाल सरकारले शुरु गरेको राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटीपी) अन्तर्गत रहेको औरैयाको मुख्य सडकको निर्माण कार्यमा भने ढिलाइ भइरहेको कारण नगरक्षेत्रको मुख्य सडकमा समस्या देखिएको निमित प्रमुख गुप्ताले बताए ।

सम्बन्धित निर्माण कम्पनीलाई तुरुन्त काम सम्पन्न गर्न नगरपालिकाले पत्राचार गरे पनि सो क्षेत्रमा एसएनआरटीपीले काम गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment