Comments Add Comment

गुल्मीमा ३ आमाछोरीको हत्या अभियुक्त कारागार चलान

२३ मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतले मोरङ कानेपोखरी ३ की शिवमाया लिम्बु र उनकी जुम्ल्याहा छोरीको हत्या अभियोग लागेका बागलुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका पूर्णबहादुर सुनार र माधव सुनारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

माधवको उमेर १४ वर्ष भन्दा कम रहेकाले बालसुधार गृहमा पठाएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले बताए ।

मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई पोखरा महानगरपालिका बस्ने ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएको थियो ।

प्रहरीका अनुसार हत्यामा संलग्न तीनमध्ये एक जना फरार रहेका छन् । दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

तीन जनाको हत्या गरी कच्ची सडकबाट ४ मिटर पर फालिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले बेवारिसे अबस्थामा रहेका शवलाई १५ दिनपछि पहिचान गरी हत्यामा संलग्नलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment