Comments Add Comment

नेकपाले बोलायो मंसिर २९ मा स्थायी कमिटी बैठक

२३ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

यो बैठक कम्तीमा दुई दिन चल्नेछ । बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको प्रवक्ता नाराणककाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment