+
+
Shares

तनहुँमा हृदयघातका कारण वडा सदस्यको मृत्यु   

रासस रासस
२०७६ मंसिर २३ गते १९:१२

२३ मंसिर, तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोखरेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ ।

वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोखरेलको उपचारका लागि दमौली अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

“बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै थियो”, ब्यासनगरपालिका—१० का वडाध्यक्ष तुलसीराम सापकोटाले भने, “कुर्चीमा बस्नु भएका पोखरेल अकस्मात बेहोस हुनुभयो ।”

“वडा सदस्य पोख्रेल सुरुदेखि नै प्रेसर र दमको समस्या रहेछ”, उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?