+
+
Shares

लामो समयदेखि अनुपस्थित दुई स्टाफ नर्सलाई वीरले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीर अस्पतालले लामो समयदेखि कार्यालयमा अनुपस्थित दुई स्टाफ नर्सलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।
  • अस्पतालका अनुसार सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
  • बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै अस्पतालले स्पष्टीकरण नपरे नियमावलीअनुसार कारबाही गर्ने जनाएको छ।

३१ भदौ, काठमाडौं । वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार, स्टाफ नर्स सातौं तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौं तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन् ।

अस्पतालले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै उनीहरूलाई विभागीय सजाय किन नगर्ने भन्ने विषयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेस गर्न भनेको हो ।

तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा नियमावलीअनुसार आवश्यक कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?