+
+
Shares

ट्राफिक महाशाखाको अनुरोध-भोलि जोर नम्वरको मात्रै सवारी साधन चलाउनु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते २०:११

२३ मंसिर, काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा मंगलबार जोर नम्वरको मात्रै सवारी साधन चलाउन उपत्यकाबासीसँग अनुरोध गरेको छ ।

मंगलबार १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन कार्यक्रमलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउनका लागि महाशाखाले उपत्यकाबासीसँग यस्तो अनुरोध गरेको हो ।

मंसिर २४ गते मंगलबारका दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुदसम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङरोडभित्र जोर नम्वरका सवारी साधन मात्रै चलाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले ठूला मालवाहक सवारी साधनहरू रिङरोडभित्र प्रवेश नगराउन समेत आग्रह गरेको छ ।

महाशाखाले दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न,  सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन, खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूलाई काठमाडौं मल अगाडिको टुँडिखेलमा पार्किङ्ग गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?