+
+
Shares

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते २१:५७

२३ मंसिर, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ ।

नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । नेपालले बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

भारत पदक तालिकाको शीर्षस्थानमै  । भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ । श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?