+
+
Shares

बार एशोसिएसनको कार्यकारिणी परिषद बैठक बुटवलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १२:३५

२४ मंसिर, बुटवल । नेपाल बार एशोसिएशनको कार्यकारिणी परिषद बैठक तथा मानव अधिकार सम्मेलन बुटवलमा शुरु हुंदैछ ।

नेपाल बार एशोसिएशनको आयोजना तथा उच्च अदालत बार एशोसिएशन बुटवलको आतिथ्यमा भएको ४६ औं केन्द्रीय कार्यकारिणी परिषद बैठकमा देशभरबाट आठ सयभन्दा बढी अधिवक्ता सहभागी हुनेछन् ।

दुई दिनसम्म चल्ने सम्मेलनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उपप्रधानमन्त्री उपेन्द्र यादव र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्बोधन गर्ने छन् । सम्मेलन अघि बार भवन परिसरबाट मंगलबार बिहान प्रभातफेरी गरिएको छ ।

सम्मेलन तथा कार्यकारिणी बैठकमा वरिष्ठ अधिवक्ताहरु, नेपाल बारका पूर्व पदाधिकारी तथा सदस्यहरु, बार एकाईका केन्द्रीय पार्षदहरु, अध्यक्ष तथा सचिवहरु, नेपाल कानून व्यवसायी परिषदका पार्षदहरु एवं मानव अधिकार तथा जनसरोकार समितिका संयोजकलगायतको सहभागिता रहेको छ ।

कार्यक्रम सम्पन्न गर्न करिब तीस लाख रुपैयाभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक जोगबहादुर खत्रीले बताए । सम्मेलनका लागि प्रदेश ५ सरकारले ५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?