Comments Add Comment

कोहलपुरमा निषेधाज्ञा हट्यो, डीएसपी पनि फेरिए

२४ मंसिर, बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा लगाएको मंगलबार विहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौँडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको थियो ।

यो पनि पढ्नुहोस किन अशान्त भयो कोहलपुर ?

यसैबीच, नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ ।

यसअघि तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा मुछिएका थिए ।

यो पनि पढ्नुहोस कोहलपुर घटनाबारे अनेरास्ववियू : सुरक्षाकर्मीले आगोमा घीउ थपे यो पनि पढ्नुहोस विवादमा मुछिए कोहलपुरका डीएसपी शाही यो पनि पढ्नुहोस कोहलपुर घटना : गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment