Comments Add Comment

संझनामा शिव रेग्मी…

वि.सं २०७० साल मंसिर २४ गते निर्देशक शिव रेग्मीको निधन भएको थियो । बल्खुको बयोधा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । मृगौला रोगबाट पीडित बनेका रेग्मीको उपचारको क्रममा निधन भएको हो ।

रेग्मीको निधन भएको आज ६ बर्ष भएको छ । उनको आज छैठौ बार्षिकी हो । नेपाली चलचित्रले शिव रेग्मीको अभाव हरेक दिन महशुश गरिरहेको छ ।

शिवको संझना गर्दै कलाकार दीपकराज गिरी लेख्छन्–‘चलचित्र लेखनमा म कसैको फ्यान थिएँ भने त्यो शिव रेग्मीको नै थिएँ । बिषयवस्तु उठान, त्यसको प्रस्तुतिकरण र मर्मस्पर्शी संवाद, कमेडी सेन्स, गीत लेख, समग्रमा भन्नुपर्दा उहाँ चलचित्र लेखनको लागि सिंगो पाठशाला नै हुनुहुन्थ्यो ।’

शिव रेग्मीले निर्देशन गरेका धेरैजसो चलचित्रले ५१ र १०० दिन मनाएका छन् । शिव रेग्मीका ‘आफन्त, आफ्नो मान्छे, सुख दुख, हामी तिन भाई, कहाँ भेटिएला, ए मेरो हजुर’ जस्ता चलचित्रहरु सर्वाधिक हिट थिए । अधिकांश हलमा ५१ र १०० दिनको रेकर्ड राखेका यी चलचित्रले दर्शकलाई रुवाए, हसाँए पनि ।

उनले निर्देशन गरेका ‘पाहुना, उपहार, साथी म तिम्रो, मानिस, सो सिम्पल’ जस्ता चलचित्रहरु दर्शकको मानसपटलमा अझै पनि छन् ।

चलचित्र निर्देशनमा मात्र नभएर लेखनमा पनि रेग्मी अगाडि थिए । चलचित्रमा सामाजिक कथावस्तु, मानविय संवदेना, भावना र आँशु मिसाउन उनी माहिर मानिन्थे । रेग्मीलाई कतिपयले ‘रुवाउन सिपालु निर्देशक’ पनि भन्थे ।

शिव रेग्मीपछि नेपाली चलचित्रमा थुप्रै निर्देशकहरुको उदय भयो । कतिपयले भिन्न धार बोके भने कतिपयले कुनै एउटा विधा समाते । तर, उनको जस्तो दर्शकको मनमै छुने चलचित्र बनाउन भने कमै मात्र निर्देशक सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment