Comments Add Comment

बुद्ध-सरयू चलचित्र महोत्सव सफल बनाउन साझा प्रतिबद्धता

२४ मंसिर, घोराही । आगामी पुस ११, १२ र १३ गते दाङमा हुने राष्ट्रिय बुद्ध-सरयू चलचित्र महोत्सव-२०७६ सफल बनाउन दाङका प्रमुख जनप्रतिनिधि, नागरिक समाजलगायतले साझा प्रतिबद्धता जनाएका छन् ।

महोत्सव मूल आयोजक समितिले आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायी, पत्रकार, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र सरोकारवाला निकालयले साझा प्रतिवद्धता व्यक्त गरेका हुन् । महोत्सवमा घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघले ऐक्यवद्धता व्यक्त गरिसकेको छ ।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीले महोत्सवले प्रदेश ५ को कला, साहित्य, सस्कृति र चलचित्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले महोत्सव सफल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष एवम् वरिष्ठ साहित्यकार अमर गिरीले चलचित्र महोत्सव प्रदेश ५ का लागि नौलो भएको उल्लेख गर्दै यसले यो प्रदेशको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ पत्रकार सुशिल गौतमले चलचित्र महोत्सवले सामाजिक, साँस्कृतिक एवम् ऐतिहासिक चलचित्रहरुको प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, चलचित्र निर्देशक मुनाल घिमिरेलगायतले बोलेका थिए ।

महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितले चलचित्र महोत्सव सबैको साझा भएको उल्लेख गर्दै सहयोगका लागि अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment