+
+
Shares

जन्मदर्ता गरिदिन वडासचिवले लिए २ लाख घुस !

वडासचिव मिश्र पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते २०:०५

२४ मंसिर, सप्तरी । सप्तरीका एक जना वडा सचिव मंगलबार साँझ घुससहित पक्राउ परेका छन् । जिल्लाको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका हुन् ।

राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।

जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिइरहेका थिए । उनको बिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?