Comments Add Comment

१३ औं सागको आयोजक र खेलाडीलाई राष्ट्रपतिको धन्यवाद

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्‍ने खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् । बुधबार ट्विटरमार्फत उनले सागमा स्वर्णसहित विभिन्न पदक जित्ने खेलाडीलाई बधाई दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले सागको सफल आयोजना गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद, प्रशिक्षक र निर्णायकलाई  पनि धन्यवाद दिएकी छन् । उनले साग खेलले दक्षिण एसियाली मुलुक र यहाँका जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको आफूलाई महसुस भएको पनि उल्लेख गरेकी छन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि १३ औ साग नेपालमा भव्य रुपमा सम्‍पन्न भएकामा आफू हर्षित भएको उल्लेख गरेका छन् ।

दक्षिण एशिया र विश्व जगतमा नेपालको शीर उचो हुने गरी सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकूद पदाधिकारी र सम्बद्ध सबैमा धन्यवाद दिएका छन् । त्यस्तै पदक जित्ने खेलाडीलाई पनि बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment