Comments Add Comment

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

२५ मंसिर, काठमाडौं । अन्तिम खेलमा जित हात पार्दै दुई इंग्लिस क्लब लिभरपुल र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

जित्नै पर्ने खलेमा लिभरपुलले साल्जवर्गलाई २–० ले हरायो । लिभरपुलका लागि नेवी केइटा र मोहम्मद सालाहले एक एक गोल गरे ।

जितपछि लिभरपुल १३ अंक जोड्दै समूह ‘ई’ को विजेताको रूपमा अन्तिम १६ मा पुगेको हो । यस्तै जेन्कलाई ४–० ले पराजित गर्दै १२ अक जोडेको नापोली समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । नापोलीको जितमा अर्काडिउस मिलिकले ह्याट्रिक गरे ।

यस्तै, लण्डन क्लब चेल्सीले समूह ‘एच’को खेलमा फ्रेन्च क्लब लिलेलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । चेल्सीका लागि टोमी अब्रहाम र सेजार अजप्लिकुएटाले गोल गरे । लिलेका लागि लोइक रेमीले एक गोल फर्काए । यसै समूहमा अयाक्सलाई १–० ले पराजित गर्दै स्पेनिस क्लब भ्यालेन्सियाले पनि अन्तिम १६ को यात्रा तय ग¥यो । भ्यालेन्सिया र चेल्सीले समान ११ अंक जोड्दा अयाक्स भने १० अंक जोड्दै समूह चरणबाटै बाहिरियो । भ्यालेन्सियालाई नकआउटमा पु¥याउन रोड्रिगोले एक गोल गरे ।

गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै अयाक्स सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै अन्तिम १६ मा पुगिसकेको स्पानिस क्लब बार्सिलोनाले समूहको अन्तिम खेलमा इन्टर मिलानलाई २–१ ले हरायो ।

समूह ‘एफ’मा उक्त जितपछि बार्सिलोना ६ खेलबाट १४ अक जोड्दै समूह विजेता बन्यो । हारपछि इन्टर भने समूह चरणबाटै बाहिरियो । अर्को खेलमा स्लाभिया प्रागलाई २–१ ले पराजित गर्दै ६ खेलबाट १० अंक जोडेको जर्मन क्लब बोरुसिया डर्टमण्ड अन्तिम १६ मा पुग्न सफल भयो ।

यस्तै, समूह ‘जी’बाट जर्मन क्लब लेइपजेगसँग फ्रेन्च क्लब लियोन अन्तिम १६ मा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगिसकेको लेइपजिगसँग २–२ को बराबरी खेल्दै लियोन समूह उपविजेता बन्यो । बराबरीपछि लेइपजिगको ११ र लियोनको ८ अंक रहेको छ । अर्को खेलमा बेनफिकाले जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–० ले पराजित गरेपछि लियोनलाई २ फाइदा पुगेको हो । वेनफिकाको जितले वेनफिका र जेनिथ दुवैको ७ अंक मात्र रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment