Comments Add Comment

च्याम्पियन्स लिग नकआउट छनोटको ३ घण्टा नबित्दै नापोलीका प्रशिक्षक बर्खास्त

२५ मंसिर, काठमाडौं । नापोलीलाई च्याम्पियन्स लिगको नकआउट चरण छनोट गराएको ३ घण्टा बित्न नपाउँदै क्लबका प्रशिक्षक कार्लो एन्सेलोट्टी बर्खास्तीमा परेका छन् ।

च्यामपियन्स लिगमा गएराति बेल्जियन क्लब जेन्कालाई ४–० ले पराजित गर्दै नापोली नआउट चरणमा प्रवेश गरेको थियो ।

तर, लिगमा यस सिजन नापोलीले खराब प्रदर्शन गरिरहेको छ । जेन्कलाई हराउनुअघि सिरी ए क्लबले सबैखाले प्रतियोगितामा गरेर पछिल्लो ९ खेलमा जित हात पारेको थियो । नापोलीमा एन्सेलोट्टीको यो दोस्रो सिजन हो । तर क्लब सिरी ए को अंक तालिकामा सातौं स्थानमा छ ।

गत महिना नापोलीका खेलाडी र प्रशिक्षकले क्लबको अध्यक्ष अरुरेलिलो डे लाउरेनटिससँग मत भिन्नता राखेका थिए । लाउरेनटिससले खेलाडीलाई एक हप्ता लामो ट्रेनिङ क्याम्पमा जान निर्देशन दिएका थिए । तर प्रशिक्षक र खेलाडी घर फर्किएका थिए ।

सन् २००९–१९ मा चेल्सीबाट प्रिमियर लिग र एफए कप जितेका एन्सेलोट्टीको नाम अहिले आर्सनल र एभरटनसँग जोडिएको छ । दुवै क्लबले प्रशिक्षक बर्खास्त गरेका थिए भने अहिले अन्तरिम प्रशिक्षकले काम चलाइरहेका छन् ।

यस्तै, एसी मिलानले बर्खास्त गरेका गेनारो गटुसोको नाम नापोलीको प्रशिक्षकको रूपमा चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment