Comments Add Comment

पुष १९ मा कामना फिल्म अवार्ड

यो वर्षको कामना फिल्म अवार्डको पाँचौ संकरणको मिति घोषणा गरिएको छ । पुष १९ गते शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो कार्यक्रम आयोजना हुने भएको छ ।

यो वर्षको अवार्डमा २६ विधा समावेश छन् । यी बाहेक एसएमएस भोटिङका आधारमा ‘नम्वर वन पपुलर च्वाइस अवार्ड’ पनि प्रदान गरिनेछ । यो विधामा नायिकाहरु वर्षा राउत, श्रृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा छन् ।

अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको विकासमा योगदान पुर्याउने एक÷एकजना चलचित्रकर्मीलाई जनही १ लाख नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले बताएको छ ।

नेपालमा पछिल्लो समयमा अवार्डमाथि दर्शक र चलचित्रकर्मीको नै विश्वास उडिसकेको छ । अवार्ड समारोहमा चलचित्रकर्मीको फितलो उपस्थिती, राम्रोलाई भन्दा हाम्रालाई अवार्ड दिने प्रंचलन बढिरहेको छ ।

झन्, विदेशमा आयोजना हुने अवार्डमा त जो पुग्यो उसैलाई अवार्ड दिने चलन बढेको छ । यस्तो अवस्थामा गतबर्ष चलचित्रकर्मी र दर्शकको मन जितेको कामना अवार्ड यसपटक पनि कम भन्दा कम विवादरहित हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment