Comments Add Comment

नोवेल विजेता खगोलशास्त्री मिचेल मेयरको परिवार-प्रेम

पारिवारिक सम्बन्ध र ब्रहृमाण्डीय सम्बन्धलाई सफल रुपमा सन्तुलन गर्न सफल एक महान खगोलविद् मिचेल मेयरले यो वर्षको नोबेल पुरस्कार जितेका छन् । सन् २०१९ को भौतिकशास्त्रतर्फको नोबेल मेयरलाई दिएपछि उनले प्रतिक्रिया दिँदै उनले आफ्नो सफलताको मुख्य श्रेय शान्तिपूर्ण पारिवारिक जीवनलाई दिएका छन् । उनी जीवन केवल व्यवसायिक मात्रै नभएको भन्दै समाज र परिवारलाई समेत पर्याप्त समय दिनुपर्ने बताउँछन् ।

उनको परिवारसँगको गतिविधिहरुको बारेमा उनी त्यति खुलेर कुरा गर्दैनन् । तर, उनले दिएको प्रतिकि्रयाको आधारमा उनी परिवारलाई असीम प्रेम गर्छन् । उनको हरेक दुःख निवारण नै केवल परिवारको प्रेमले सम्भव राखेको छ । तिनै ब्रहृमाण्डमा नयाँ ग्रहको पत्ता लगाउने उनी ७७ वर्ष अघि स्वीट्जरल्याण्डमा जन्मिएका थिए ।

उनी यस्ता भौतिक खगोलविद् हुन् । अरु सबैले अन्य ग्रहमा समेत मानव बस्ती सम्भव रहेको बताइरहँदा उनले भने अहिले तत्कालको लागि त्यो सम्भव नरहेको बताएका थिए । मानव बसोबासको लागि उपयुक्त ग्रहहरु पृथ्वीबाट निकै टाढा रहेको भन्दै अहिलेकै प्रविधि र समयको आधारमा त्यहाँ पुग्नै समय लाग्ने उनको बुझाई छ ।

नोबेल पुरस्कार प्राप्त गरेपछि आफ्नो व्यक्तिगत जीवनको बारेमा सिएनएनसँगको कुराकानीमा उनले व्यावसायिक उत्साह र शान्तिपूर्ण पारिवारिक जीवनको संयोजनले नै यो सम्भव भएको बताएका छन् । सिएनएनसँग उनले भनेका छन् ‘मेरी श्रीमती  र मैले एस्ट्रोफिजिकियनको रूपमा  करियरको सुरुमा विवाह गरेका हौं । जीवन चलाउने क्रममा हाम्रा तीन बच्चाहरू जन्मिए । उनीहरुको प्रेम र संयोजन नै मेरो सफलताको कारणहरु हुन् ।’

जब तीन बच्चाका बाबु बने उनीहरु झनै जिम्मेवार र पारिवारिक प्रेममा पर्दै गए । उनले जीवनको सन्तुलन मिलाउने क्रममा केवल ब्रहृमाण्डको मात्रै कुरा गरेनन् । त्यही ब्रहृमाण्डको एउटा कुनामा रहेको सानो परिवारको बारेमा पनि सोचे । जसका कारण उनको परिवारसँगै व्यवसायिक जीवनमा समेत उनले सफलता हाँसिल गरे । उनी भन्छन् ‘हाम्रा तीनै बच्चाहरु अब हुर्किइसकेका छन् । अब तिनीहरू वयस्क भएपछि उनीहरूले नै हामीलाई वैज्ञानिक अनुसन्धानका अन्य क्षेत्रमा नयाँ अन्तरदृष्टि प्रदान गर्छन् ।

‘तीन सन्तानमध्ये अन्नी अफ्रिकी प्रागैतिहासिकमा पुरातत्वविद् हुन् । अर्का छोरा क्लेयर न्युरो-बाल रोग विशेषज्ञको रूपमा कार्यरत छन् । तेस्रो सन्तानको रुपमा रहेका जूलियन, एक भौतिक विज्ञानका जानकार हुन् । उनले केही समय अघिमात्रै न्यूरोसाइसेसमा पीएचडी पूरा गरेका छन् ।’ मेयर भन्छन् । उनी सम्पूर्ण परिवार र उनीहरुको गतिविधिहरू नै आनन्दको अनुपन स्रोत रहेको बताउँछन् । अबको नयाँ पुस्ता (छोरापछिका) ले झनै परिवारमा नयाँ खुशी र सजीवता ल्याउँने उनको बुझाई छ ।

व्यवसायिक जीवनको सुरुवातबारे मेयरको भनाई 

एक एक सुरुवाती विद्यार्थीको रूपमा धेरै बुज्रुक प्रोफेसरहरूबाट शिक्षा लिने अवसर पाएको थिएँ । जसले विज्ञानमा कसरी रुचि जगाउने भनेर जानेका थिए उनीहरुले नै मेरो दिमागमा पनि मनमा कसरी रुचि जगाउने ? भन्ने उपाय सिकाए । जब म स्वीट्जरल्याण्डको लुसने विश्वविद्यालयमा पढ्दै थिएँ । म भौतिक विज्ञानको सुन्दरताबाट मोहित भएँ । विशेष गरी प्रोफेसर के जी स्टुकेल्बर्गको सैद्धान्तिक भौतिक विज्ञान सम्बन्धी पाठ्यक्रम सबैभन्दा धेरै धन्यवादको अधिकारी हुन्छ ।

सन् १९६० को दशकसम्ममा सी सी लिन र एफ शुजले मिल्की वे लगायतका स्पाइरल आकारमा देखिने धेरै आकाशगंगाको बारेमा व्याख्या गरिसकेका थिए । जेनेभा विश्वविद्यालयमा गरिएको मेरो डक्टरल थेसिसको क्रममा सूर्यको नजिक रहेको ताराहरूको वेग र तिनिीहरुको स्पाइरल स्वरुपकोे प्रमाण खोज्नमा समर्पित थियो । साहित्यिक स्रोतको रुपमा त धेरै जानकारीहरु थियो । तर, त्यसको आधिकारिक र वैज्ञानिक प्रमाणको अभाव थियो ।

विशेष रूपमा, रेडियल वेग प्राप्त गर्नु भनेको लामो र चाखलाग्दो प्रक्रिया थियो । मेरो थेसिस पूरा गरेपछि मैले तारकीय रेडियल वेग मापन गर्न एक विशिष्ट स्पेक्ट्रोग्राफ विकास गर्ने निर्णय गरें । यो तारकीय गतिशास्त्रमा मेरो चासोको शुरूवात थियो । यस अनुसन्धानले विभिन्न चासोका क्षेत्रहरू निम्त्यायो, जसमध्ये सौर्यमण्डलका बाइनरी ताराहरूको सांख्यिकीय विशेषताहरूको अध्ययन पनि एक थियो । यसरी नै मेरो विज्ञानप्रतिको समर्पण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment