Comments Add Comment

आफूलाई ‘सस्ती’ भन्दै साराले के लेखिन् ?

बलिउड नायिका साराअली खान पहिलो चलचित्रमा काम गरेपछि नै चर्चामा छिन् । बलिउडका ठूला ब्यानरका आँखामा परेकी सारा सामाजिक संजालमा पनि सक्रिय छिन् ।

साराले सामाजिक संजालमा व्यक्त गरेका कुराले मिडियामा पनि राम्रो चर्चा पाउँछ । हालैमात्र उनले सामाजिक संजाल इन्स्टाग्राममा आफूलाई बलिउड नायिका रेखासँग तुलना गरेकी छिन् । यतिमात्र होइन, उनले आफूलाई ‘सस्ती’ समेत भनेकी छिन् ।

साराले लेखेकी छिन्–‘यो आँखाको मस्ती, रेखासँग सारा सस्ती’ । साराले, आफूलाई आफूलाई देखेर हाँस्नेृ गरेको र यही कुरामा फस्ने गरेको पनि उल्लेख गरेकी छिन् ।

साराअली खान अहिले चलचित्र ‘कुल्ली नम्बर १’को छायांकनमा व्यस्त छिन् । साराको कुरामा प्रतिक्रिया दिदै नायक वरुण धवनले ‘तिमीसँग अहिले खाली समय छ जस्तो लाग्यो’ भन्दै प्रतिक्रिया दिएका छन् ।
वरुण र साराले ‘कुल्ली नम्बर १’मा पर्दा शेयर गरेका छन् । साराको चलचित्र ‘लभ आजकल २’ पनि रिलिजको क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment