+

क्रियाशील नहुने संघ खारेज हुन्छ : सदस्य सचिव सिलवाल

२०७६ मंसिर  २६ गते १९:१६ २०७६ मंसिर २६ गते १९:१६
क्रियाशील नहुने संघ खारेज हुन्छ : सदस्य सचिव सिलवाल

२६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धी हात पार्दा २६ खेल समावेश थिए ।

यस पटक सागमा समावेश खेललाई व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित संघले पाएका थिए । धेरै संघले यसलाई अवसरको रुपमा सदुपयोग  पनि गरे अनी कसरी अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्ने भन्ने ज्ञान पनि पाए ।

तर नेपालमा त्यस्ता खेल संघहरु पनि छन् जसले अन्तर्राष्ट्रिय त के राष्ट्रिय स्तरको प्रतियोगिता समेत सञ्चालन गर्न सकेका छैनन् र गर्दैनन् पनि । अब भने यस्ता संघको लागि कठोर निर्णय लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बताए ।

उनले १३ औं सागमा नेपालले हात पारेको सफल ता  र पदक संख्यालाई कायम राख्न अहिले देखि नै योजना बनाउनुपर्ने र त्यसका लागि खेल संघको पनि काँटछाट गर्नुपर्ने बताएका हुन् ।

अहिले राखेपमा १५६ संघ रहेको र त्यसमध्ये धेरैले काम नगरको उनको भनाई थियो । ‘मैले संघले गरेको काम र अबको वर्षको योजनासहित जानकारी दिन १५६ वटै संघलाई पत्र काटेको थिएँ तर, अहिलेसम्म ७० संघले मात्रै जवाफ फर्काए, तीन पटक पत्र काट्दा समेत बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्’ बिहीबार रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रममा सिलवालले भने ‘अब अन्तिम पटक चेतावनी पत्र दिनेछु । त्यसको पनि कुनै जवाफ नआए म विकल्पमा जानेछु ।’

उनले यो काम गर्न सक्छु भनेर पनि नभन्ने अनि पद र कुर्ची मात्र ओगटेर बस्ने भन्दै त्यस्ता संघलाई कसरी व्यवस्थापन गर्न आफूले जानेको बताए ।

सिलवालले १३ औं सागमा पदक जित्ने खेलाडीलाई हिजोको दिनमा भन्दा झण्डै दोब्बर पुरस्कार घोषणा गरेको भन्दै खेलकुद विकासमा सबै लाग्नुपर्ने धारणा राखे । ‘अब यतिमै सीमित हुनु हुन्न । यो अन्तिम होइन यो शुरुवात मात्रै हो’ सिलवालले भने ‘अब खेलाडीले पनि आफूलाई प्रुभ गर्नुपर्छ सरकारले पनि खेलकुदमा ध्यान दिनुपर्छ ।’

यस्तै आगामी दिनमा सरकार राखेप मन्त्रालय कोही अब चुप लागेको नबस्ने पनि बताए । ‘हामी चुप लागेर बस्दैनौं । हाम्रो लक्ष्य १४ औं साग, एसियन गेम्स, ओलम्पिक र विश्वकप हो’ सिलवालले भने ‘सागमा हामी पावर हाउसको रुपमा विस्तारै अगाडि बढ्दैछौं । हामी खेलाडीलाई त्यसै छाड्ने छैनौं ।’ सिलवालले यी सबै काम गर्नका लागि खेलकुद संघहरुकै मुख्य भूमिका हुनेमा जोड दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय