+
+
Shares

हिमपातले हिमाली भेगको हवाई सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १२:१७
फाइल तस्वीर ।

२७ मंसिर, काठमाडौं । उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध भएको छ ।

पश्चिम नेपालका हिमाली भेगका विमानस्थलमा नेपालगञ्ज हव बनाएर उडान हुने गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार बिहान डोल्पामा समिट एयरको जहाज पुगेको थियो ।

त्यो जहाज नेपालगञ्ज फर्कन सकेको छैन । सिमिकोट र रारामा बिहीबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ । ‘हिमाली भेगमा हिमपात र हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘मौसम खुल्नासाथ सेवा पुनः सञ्चालनमा आउँछ ।’

नेपालगञ्ज तथा धनगढीमा काठमाडौंबाट हुने उडान भने नियमित भइरहेका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरण भने पूर्ववत सञ्चालनमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?