+
+
Shares

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १६:५२

२७ मंसिर, काठमाडौं । सानिमा बैंकको १५ औं वाषिर्कोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वअन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सानिमा बंैकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?