+
+
Shares

साइकलमा सिंहदरबार आउँदा जनताका दुःख दिमागमा खेल्छन् : सांसद गजुरेल

सत्तारुढ दल रास्वपाका आशिष गजुरेलले संसद् बैठकका लागि सिंहदरबार आउँदा जनताका दुःख दिमागमा खेल्ने गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद आशिष गजुरेलले सिंहदरबार साइकलमा आउँदा नेपाल एयरलाइन्स, विमानस्थल, ग्यास, उद्योग र सडक समस्याका विषय दिमागमा खेल्ने बताएका छन्।
  • उनले वैदेशिक रोजगारी, बीपी राजमार्ग, कृष्णभिरको पहिरो, कर्णाली राजमार्ग दुर्घटना, सार्वजनिक यातायात र उपचार अभावका समस्या पनि उठाए।
  • गजुरेलले यी समस्या क्रमैसँग प्राथमिकता राखेर समाधान गर्न सरकारलाई आग्रह गरे।

१२ असोज, काठमाडौं । सत्तारुढ दल रास्वपाका आशिष गजुरेलले संसद् बैठकका लागि सिंहदरबार आउँदा जनताका दुःख दिमागमा खेल्ने गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू सिन्धुलीबाट निर्वाचित सांसद भएको र यसआधारमा सिन्धुलीका नागरिकहरूले सिन्धुलीको बारेमा भन्दा राष्ट्रिय विषयमा धेरै किन बोल्नुहुन्छ भनेर सोधेको बताए ।

‘अनि म सिन्धुलीको विषयमा बोल्छु भनेर तयारी गर्छु । घर लोकन्थलीबाट सिंहदरबार साइकलमा सरर आउँछु’ उनले भने, ‘साइकल चढिरहँदा मेरो दिमागमा राष्ट्रिय विषय दिमागमा खेल्न थाल्छन्, अनि मैले सांसद बोल्ने विषय फेरिन्छन् ।’

साइकलमा सिंहदरबार आउँदा आफ्नो दिमागमा नेपाल एयरलइन्सका जहाज ग्राउन्डेड भएका, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल नचलेका कुरा, ग्यास नपाएको, बन्द उद्योग पुनः सञ्चालनको विषय आउने बताए ।

नेपाली दाजुभाई, दिदीबहिनीले वैदेशिक रोजगारीमा समस्या भोगेको, बीपी राजमार्ग बन्द, कृष्णभिरमा पहिरो गएको, कर्णाली राजमार्गमा पटकपटक सडक दुर्घटना भएको, सार्वजनिक यातायातमा यात्रुले दुःख पाएको, पैसाको अभावमा उपचार नपाएका जस्ता विषयहरु दिमागमा खेल्ने पनि स्मरण गरे ।

यस्ता विषय दिमागमा आएपछि सांसद्मा बोल्ने विषय फेरिने गरेको उनले बताए । उनले भनेका छन् । ‘यस्ता समस्याहरु धेरै छन् क्रमैसंग प्राथमिकता राखेर समाधान गर्न सरकारलाई आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?