+
+
Shares

नेपथ्यको कन्सर्टमा सबै टिकट अनलाइनबाटै बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १४:१८

सिड्नी । नेपथ्य ब्याण्ड शनिवार अस्ट्रेलियाको सिड्नीमा तस्रोपटक प्रस्तुत भएको छ । लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ मा कार्यक्रम भएको हो ।

२९ सय ५० दर्शक क्षमता भएको हल सहभागीले भरिएको थियो । यो कार्यक्रममा सबै टिकट अनलाइनबाटै बिक्री भएको नेपथ्यको व्यवस्थापन गर्दै आएको संस्था नेपालयले जानकारी दिएको छ ।

‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पूरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चूनौतिका रुपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं ।’

शनिवारको कन्सर्टमा पनि नेपथ्यले सिड्नीका दर्शकमाझ सँधैजस्तै लोकरकका भाका पस्केको थियो । सोही कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराईका दृश्यहरु पनि देखाइएको थियो ।

कार्यक्रमपछि बोल्दै नेपथ्यका प्रमुख गायक अमृत गुरूङले सिड्नी आत्मीय सहर भएको बताएका थिए ।

यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अब अन्तिम कार्यक्रम डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’मा हुनेछ ।

सिड्नीकै संस्था ‘नेपाली टच’सँग सहकार्य गरी नेपथ्यले यसपटको अष्ट्रेलियाको यात्रा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?