Comments Add Comment

जापानी टिमसँग मनाङ मर्स्याङ्दी पनि पराजित

२९ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपाल भ्रमणमा रहेको जापानी फुटबल लिग (जेएफएल) को यू २२ टिमसँग मनाङ ३-० ले पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा जेएफएल टिमका लागि जिन सिओयाले दुई र मासाहिको सुगिताले एक गोल गरे ।

खेलको २८औं नेटमा गोल गर्दै अग्रता दिलाएका सिओयाले ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । वैकल्पिक खेलाडी मासाहिकोले खेलको ८७ औं मिनेटमा गोल थप्दै जेएफएलको ३-० को जित पक्का गरे ।

जेएफएले यसअघि शुक्रबार नेपाल निलो टिमलाई ४-० ले पराजित गरेको थियो ।

गत सिजन लिग जित्दाका कप्तान विराज महर्जनसहित ७ खेलाडी यस सिजन मनाङ छाडेर मछिन्द्र क्लब गएपछि मनाङको कप्तानी कमल श्रेष्ठले गरेका थिए ।

मनाङले यस सिजनको लिगमा लागि मिडफिल्डर जगजित श्रेष्ठ र डिफेण्डर आदित्य चौधरीलाई अनुबन्ध गरेको छ । जगजित अष्ट्रेलियाबाट लिग खेल्न आएका हुन् भने आदित्यलाई एपीएफबाट अनुबन्ध गरिएको हो ।

गत सिजन लिग जितेको मनाङले पुस २ गते विभागीय टिम एपीएफसँग खेल्दै यस सिजनको लिगको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment