Comments Add Comment

ह्वावेका ६ नयाँ उत्पादन सार्वजनिक

हृवावे मोबाइल सर्भिसेस (एचएमएस) सँग हलिस्टिक इकोसिस्टम निर्माण गर्दै

३० मंसिर, काठमाडौं । हृवावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। हृवावेको आफ्नै इन्टेलिजन्ट इकोसिस्टम -हृवावे मोबाइल सर्भिसेस (एचएमएस) युक्त हृवावेको पछिल्लो फ्ल्यागशिप हृवावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि  बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबलहरू एक भव्य कार्यक्रमका माझ सार्वजनिक गरिएको हो ।

उक्त समारोहमा हृवावेले खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो लक्ष्य बारे जानकारी गराएको थियो । हृवावेका आफ्नै प्रविधिहरू हृवावे मोबाइल सर्भिस, हृवावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हुनका सो खुला इकोसिस्टमले सम्भव तुल्याउँछ ।

उक्त कार्यक्रममा हृवावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको हृवावे कन्ज्युमर बिजनेस ग्रुपको एक हिस्सा हृवावे नेक्स्ट अर्थात् हृवावे मोबाइल सर्भिसेस -एचएमएस)को बारेमा प्रकाश पारिएको थियो । हृवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि हृवावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ ।

हृवावे मोबाइल सर्भिसेसमा हृवावे एप ग्यालरी, हृवावे ब्राउजर, हृवावे मोबाइल क्लाउड, हृवावे थिमहरू, हृवावे म्युजिक, हृवावे भिडियो, हृवावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हृवावे आइडी, हृवावे हेल्थ, हृवावे थिम, हृवावे म्युजिक तथा अन्य धेरै रहेका छन् ।

हृवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दुई वर्षभित्रै उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्‍याउँदैछ छ भने रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पाँच हजार पुर्‍याउँदैछ ।

हृवावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न हृवावे इकोसिस्टम तयार छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । हाल हृवावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले हृवावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सघाउँछ ।

हृवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप हृवावे मेट ३० प्रो, पनि सार्वजनिक गरियो। यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ र ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ। हृवावे सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ । यसको प|mन्ट क्यामरा ३२ एमपीको हो ।

हृवावे वाच जिटी टु पनि अतिप्रतिक्षित हृवावे उत्पादन हो। किरिन एआई चिपजडित यसमा उच्च कार्यक्षमता तथा कम ब्याट्री खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ । ४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ । यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्ग्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ ।

सो समारोहमा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरियो । हृवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने, ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन् ।

यसका साथै हाले आयोजित आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आइएफए मिडिया अवार्डहरू जित्न सफल हृवावे पि|m बड्स थ्री ट्रु वायरलेस ब्लुटुथ इयरफोनहरू पनि उपलब्ध भएको बारे घोषणा गरियो । किरिन ए वान चिपले उत्कृष्ट साउन्ड प्रोसेसिङ टेक्निक प्रदान गर्न प्राविधिक रूपमा अत्याधुनिक अप्रोच प्रयोग गर्छ ।

हृवावे एक्सेसरिजको दुनियाँमा अर्को दमदार उत्पादन भनेको हृवावे फ्रि लेस हो जसले अद्वितीय अडियो अनुभव र टिकाउ ब्याट्री युक्त छ।
हृवावे मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो वाइनाइन एस । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो । आधुनिक र आकर्षक डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ ।

हृवावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो र सन् २०१९ को जनवरी देखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको छ । यो आँकडा अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै हृवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृदि्भ भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ ।

हृवावेको नयाँ आयाम

प्राविधिक संजालसँग पूर्ण जोडिएको तथा इन्टेलिजेन्ट नेपाल बनाउनका लागि प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच । विश्वकै अग्रणी आईसिटी सलुसन तथा स्मार्ट डिभाइस प्रोभाइडर हृवावेले काठमाण्डौमा मिडिया मिट-अपक आयोजना गर्योम। प्रमुख मिडिया हाउसहरू, प्राविधिक क्षेत्रसँग आबद्ध पत्रकारहरू, चर्चित ब्लगरहरू, कि अपिनियन लिडरहरू (केओएल), स्मार्टफोन व्यवसायीहरू तथा शीर्ष एप डिभेलपरहरूको सो समारोहमा उपस्थिति थियो । उक्त समारोहमा हृवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले स्वागत मन्तव्य दिए साथै हृवावे ग्लोबल र हृवावे नेपालले स्थानीय बजारमा गरेको प्रदर्शनका बारेमा कर्पोरेट प्रिजेन्टेशन प्रस्तुत गरेका थिए ।

हृववेले आईसिटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ र कार्यक्षमता तथा गुणस्तर सुदृढ पार्न निरन्तर कार्यरत छ । यसले अपरेसनल तथा सांगठनिक स्थायित्वलाई मजबुत बनाएको छ भने सन् २०१९ को पहिलो नौँ महिना कम्पनीको कार्यक्षमता बलियो बनाएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा हृवावे ८५.६ अर्ब आम्दानी गर्योन जुन अघिल्ला बर्षहरूको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको हो । विश्वभरि बाट नै हृवावेले ६० भन्दा धेरै फाइभ जी व्यवसायिक सम्झौताहरू प्राप्त गर्न सफल भयो र ४ लाखभन्दा धेरै फाइभ जी बेस स्टेशनहरू डेलिभरी गरिएको थियो ।

समारोहमा हृवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेनी डेंगले नेपालको आईसिटी इन्डस्ट्रीमा हृवावेले २० वर्षदेखि पुर्‍याएको सेवाका बारेमा यात्रा विवरण प्रस्तुत गरेका थिए । सन् १९९९ यता हृवावेले नेपालमा टु/थ्री/फोर टेक्नोलोजिज तथा सलुसन नेपालमा भिन्न्याउँदैै टेलिकम अपरेटरहरूलाई ग्रामीण क्षेत्रमा पनि कम्युनिकेशन नेटवर्क तत्कालै जडान गर्न, टेलिकम्युनिकेशन सेवाको गुणस्तर सुधार्न तथा डिजिटल नेपालको भौतिक आधार निर्माण गर्न सघाउँदै आएको छ ।

नेपालको झण्डै तीन करोड जनसंख्या हृवावेको सलुसनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । पछिल्लो बीस वर्षको अवधिमा हृवावेले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १० हजारभन्दा बढी रोजगारीहरू सिर्जना गरिसकेको छ । सन् २०२० मा हृवावेले सिड्स फर द फ्युचर कार्यक्रम ल्याउँदै छ । सो कार्यक्रम नेपाल सरकार तथा विश्वविद्यालयहरूसँग समन्वय गरी आईसिटी ट्यालेन्टहरू छनौट गर्ने तथा तिनीहरूलाई चीनमा प्रक्षिक्षण कार्यक्रममा पठाउने अवसरहरू प्रदान गरिनेछ ।

सन् २०१५ मा हृवावेले नेपाल सरकार तथा टेलिकम अपरेटरहरूलाई शक्तिशाली भूकम्पपछि नेटवर्कहरू रिकभर गर्न र भूकम्पपछिको उद्धार कार्यलाई सघाउन टेलिकम्युनिकेसनलाई सहज बनाउँदै ठूलो सहयोग गरेको थियो । हृवावेले सगरमाथा आधार शिविरमा वायरलेस बेस स्टेशन निर्माण गर्न टेलिकम अपरेटरहरूलाई सघाएको थियो र त्यसबाट कम्युनिकेशन ब्लाइन्ड स्पटलाई बाहिरी दुनियाँसँग जोड्नका लागि मद्दत गर्छ ।

हृवावेले भविष्यमा नेपालका लागि थप कामहरू गर्ने कार्यलाई निरन्तरता दिनेछ र फाइभ जी, क्लाउड तथा एआई जस्ता प्रविधिहरू नेपालमा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment