Comments Add Comment

टुटल र पठाओ रोक्ने अर्को प्रयास विफल

अदालतले दिएन ट्याक्सीवालाको पक्षमा अन्तरिम आदेश

३० मंसिर, काठमाडौं । कानूनी अश्त्र प्रयोग गरेर टुटल र पठाओ रोक्ने ट्याक्सी व्यवसायीको प्रयास विफल भएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसहित अधिवक्ताहरुले टुटल र पठाओ सेवा अवैधानिक भएको र यसलाई रोक्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थिए ।

रिटको सोमबार भएको सुनुवाई पछि अदालतले रिट निवेदशकको माग अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको छ । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएका छन् ।

सोमबार न्यायाधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाईको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । अब मुद्दाको फैसलापछि नै यसबारे अन्तिम निर्णय हुनेछ ।  ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले रिटमा टुटल र पठाओलाई वैधानिकता दिए आफूहरुलाई पनि सकै कर मिनाहा गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले टुटल र पठाओ सञ्चालनमा रोक नलगाएको भन्दै ट्राफिक प्रहरी र सरकारलाई पनि विपक्षी बनाएका थिए ।

यो पनि पढ्नुहोस टुटल र पठाओको अन्तरकथा : किन रोक्छ सरकार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment