+
+
Shares

नेपालका लागि भारतीय राजदूत पुरीको कार्यकाल सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते ९:४०

१ पुस, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?