Comments Add Comment

कसरी लामो आयु बाँच्छन् चिनियाँहरु ?

चीनको बामा क्षेत्रमा बसोबास गर्ने चान ९० वर्षसम्ममा पनि अझै फुर्तिला छन् । उनीमात्रै होइन, ८ वटा सन्तानकी आमा बनेकी चानकी श्रीमती समेत अहिलेसम्म अस्पताल जानु परेको छन । यसको राज के हो त ? बामा गाउँबासीहरु सय वर्षभन्दा धेरै स्वस्थ भएर जिउनुको कारण के हो ?

नेपालमा शताब्दी पुरुष सत्य मोहन जोशीको १०० वर्षसम्म बाँच्नुको राज भनेको उनको नियमित र एकै किसिमको स्वस्थ खानेकुरा हो । तर, चिनियाँहरुले भने आफू लामो समयसम्म बाँच्नुको कारण केवल नियमित खाना नै मुख्य रहेको जोशीले अनलाइनखबरसँग बताएका थिए । त्यस्तै, खाना र पारिवारिक प्रेमको कारण धेरै वर्षसम्म बाँच्ने चिनियाहरुपनि जोशीले जस्तै दीर्घ जीवनको लागि परिवारहरुको माया र सँगै बित्ने पारिवारिक समय नै मुख्य रहेको बताउने गर्छन् । यही गाउँ हो जहाँ वर्षेनी लाखौं पर्यटकहरु उनीहरुको दीर्घ जीवनको राज पत्ता लगाउनको लागि आउने गर्छन् । उनीहरु त्यो क्षेत्रमा सुन्दर वातावरणको दृश्यावलोकनको लागि मात्रै नभएर लामो समय जिउने कला सिक्नको लागि धेरैजना त्यहाँ आउने गर्छन् ।

त्यही गाउँमा भेटिएका एक बृद्धि हुन् हुंग मकुन । उनी सो गाउँका एक ब्राण्ड एम्बेस्डर हुन् भन्दा पनि फरक नपर्ला । व्यापारिक भाषामा भन्दा उनी सो गाउँका ‘सो केश’ हुन् । उनलाई नै हेर्नको लागि विश्वका विभिन्न स्थानहरुबाट समेत मानिसहरु आउने गरेका छन् । उनको उमेर कति भयो ? भनेर उनका आफन्तहरुले गन्न नै छाडिसकेका छन् ।

१०० वर्षको उमेरसम्म गनेकाहरुले त्यसपछि गन्न नै छाडे । उनीहरुले गन्न छाडेको पनि धेरै समय भइसक्यो । स्थानीय बृद्धबृद्धाहरुलाई ब्राण्ड एम्मेस्डरको रुपमा विकास गराइसकेपछि स्थानीय बासिन्दाले महसुस गरे कि ‘दीर्घायु जीवन त व्यक्तिगत मात्रै नभएर आर्थिक रुपमा समेत लाभदायक हुँदो रहेछ ।’ त्यसपछि उनीहरुले त्यही १०० वर्ष नाघेकाहरुलाई देखाएर त्यहाँ पर्यटनको समेत विकास गरे ।

चान आफ्नो लामो जीवन र खुशी जीवनको श्रेय आफ्नो साधारण दिनचर्यालाई दिने गर्छन् । उनी खानाको रुपमा चामलको भात र लसुनको तरकारी खान्छन् । अमेरिकी अनुसन्धान संस्था सिआइएको २०१५ को रिपोर्ट अनुसार पश्चिमी युरोपमा रहेको विश्वको सबैभन्दा सानो देशमध्ये दोस्रो स्थानमा पर्ने मोनाको देशका मानिसहरु विश्वमा सबैभन्दा धेरै औषत् ८९ वर्ष बाच्ने गरेका छन् । दोस्रोमा रहेको जापानका मानिसहरु औषत्मा ८४ वर्ष बाच्ने गरेका छन् । यसमा पनि कैयौं मानिसहरु १०० वर्ष कटेका हुने गर्छन् । मानिसहरु धेरै वर्ष बाँच्नेमा सिंगापुर तेस्रो स्थानमा पर्छ । चौथो स्थानमा मकाओ पर्ने गर्छ ।

कहिलेकाँही, पैसाले खुशी किन्न सक्छ

चाखलाग्दो कुरा के छ भने, मकाउबासीलाई त्यस्तो दीर्घ आयु दिने मुख्य स्रोत क्यासिनो हो । क्यासिनोले नै यहाँको अर्थतन्त्रलाई समेत माथि उठाएको छ । त्यही क्यासिनोबाट उठाएको राजश्वले नै मकाओमा निःशुल्क स्वास्थ्य सेवा, मासिक पेन्सन र ६५ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई वाषिर्क नगद अनुदान समेत प्रदान गर्ने गरिएको छ ।

बुढेसकालका लागि सहरभरी झण्डै दुई दर्जन यस्ता केन्द्रहरु समेत रहेका छन् जहाँ बुढेशकालमा टहलाउन, आनन्द लिन, सामाजिक कार्यहरुको अवलोकन गर्न, खाजा खान, खेल खेल्नको लागि पनि निःशुल्क पाउँछन् । यही नै दीर्घ जीवनको राज रहेको विभिन्न संघसंस्थाको रिपोर्टले जनाएको छ ।

सामुदायिक मामिलाहरु झनै बढी

यो मापन गर्न असम्भव छ । तर, चिनियाँ संस्कृति मकाउमा दीर्घायुको अर्काे कारक हो । यी अमूर्त परम्परामध्ये परिवार र समुदाय सम्बन्ध सबैभन्दा महत्वपूर्ण मानिन्छ । बहु-पिँढी परिवारहरू अधिकांशको जीवनका लागि सँगै बस्छन् र बुढेसकालका अभिभावकहरू बिरलै नर्सिंग होममा जान्छन् ।

‘मकाउका मानिसहरु पारिवारिक सम्बन्धको समन्वयमा जोड दिन्छन्’ मकाउको कियाङ वु नर्सिंग कलेजमा स्वास्थ्य शिक्षा अनुसन्धान केन्द्र प्रमुख डा. जेङ भन्छन् ‘उनीहरू प्रायः बिहान चियासँगै सुरु हुन्छ । यदि तिनीहरू छुट्टै बस्छन् भने हप्तामा कम्तिमा पनि एक पटक परम्परागत संस्कृतिमा रमाउनको लागि सबैजनासँग भेटघाट गर्ने गर्छन् ।’ उनका अनुसार धेरै जसो परिवार एकै ठाउँमा बस्ने भएकोले स्थानीयले आफ्नो वरिपरिको समुदायबाट पनि खुशी पाउने गरेको छ । “हाम्रा छिमेकीहरू हाम्रा आजीवन मित्रहरू हुन् जसलाई हामीले बच्चाहरूदेखि नै चिन्दै आएका छौं ।’ स्थानीय ७७ वर्षीय मुइ जेले भनिन् ‘यो एक साधारण जीवन हो । तर, मलाई लाग्छ खुशी भनेको दीर्घायुको लागि महत्वपूर्ण कुरा हो ।’

त्यहाँका मानिसहरु सामान्यतया खानामा केही भात, माछा र एकदम थोरै मासु खाने गर्छन् । सामान्य बिहानको खाजा भनेको चिया वा कफी नै हो । हप्तामा एक दिन सामुदायिक रुपमा कतै गएर बिताउने गर्छन् । त्यही नै उनीहरुको दीर्घायुको राज हो ।

बिबिसी र अलजरिराको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment