Comments Add Comment

अन्टार्कटिकामा भेटियो सबैभन्दा गहिरो ठाउँ

जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो ।

उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ ।

शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् । अन्टार्कटिकाको खोज परियोजनामा पछिल्लो ६ वर्षदेखि काम गरिरहेका डाक्टर म्याथ्यु मार्लिग्मका अनुसार हिमनदीमुनि रहेको उक्त खोच पृथ्वीको जमिनको सतहमा रहेको सबैभन्दा गहिरो भाग रहेको पुष्टि भएको छ ।

डेनमान हिमनदी २० किलोमिटर चौडा रहेको छ । उक्त हिमनदीमा हिउँको पत्र साढे ३ किलोमिटरसम्म बाक्लो रहेको पाइएको छ । यति बाक्लो हिउँको पत्रमा उतारचढाव आएमा भविष्यमा दक्षिणी ध्रुवको रूपरेखा नै बदलिन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

स्मरणरहोस् पृथ्वीमा जमिनको सबैभन्दा गहिरो भाग अन्टार्कटिकामा फेला परेको भए पनि समुद्रको सबैभन्दा गहिरो भागचाहिँ प्रशान्त महासागरमा छ । प्रशान्त महासागरमा रहेको मेरियाना ट्रेन्चको गहिराइ ११ हजार ६७७ मिटर रहेको छ । यदि प्रशान्त महासागरमा रहेको उक्त खाडलमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथालाई हाल्ने हो भने सगरमाथा पूरै डुब्नेमात्र होइन, सगरमाथाको टुप्पो पानीको सतहभन्दा झण्डै ३ किलोमिटर तल हुन्छ । मारियाना ट्रेन्च अर्धचन्द्र आकारको छ । यसको लम्बाइ २५५० किलोमिटर र चौडाइ ६९ किलोमिटर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment