Comments Add Comment

नम्रताको फरक बाटोमा हिड्ने चाहना

नायिका नम्रता श्रेष्ठ चलचित्रमा फरक भूमिका गर्न रुचाउँछिन् । फरक भूमिका गर्दा उनलाई सफलता भन्दा असफलता बढी हात परेको छ । लभ स्टोरी चलचित्रबाट बाहिरिएर उनले एक्सन चलचित्रमा काम गर्दा ‘जाइरा’ले दर्शक तान्न सकेन । तर, पनि नम्रता बर्षमा धेरै चलचित्रमा काम भने गर्दिनन् ।

नम्रताको करिअरमा सफलता र असफलता पटक पटक देख्न सकिन्छ । नम्रताले यो कुरा राम्रोसँग वुझेकी पनि छिन् । सायद, नम्रतालाई फरक काम गर्दा असफलता हात लाग्दा पनि ठूलो फरक परेको छैन । किनकी, उनले यसबाट आत्मसन्तुष्टी प्राप्त गरेको हुनसक्छ ।

नम्रता लेख्छिन्–‘मैले घामको किरणमा हिड्नका लागि सडक पार गरेको छु ।’ नम्रताको यो भनाइलाई विभिन्न कोणबाट वुझ्न सकिन्छ ।

सायद, नम्रता चलचित्र क्षेत्रमा चलिरहेका चलचित्र भन्दा केही फरक गर्न चाहन्छिन् । यसैले, उनले अर्को बाटो हिड्न खोजेको भाव आफ्नो सामाजिक संजालमा दर्शाएकी छिन् । नम्रताले ‘जाइरा’पछि अर्को कुनै चलचित्र साइन गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment