
भारतीय बक्स अफिसमा नयाँ बर्षको सुरुवातसँगै ठूलो भिडन्त हुने पक्का भएको छ । भारतका ३ स्टारको चलचित्र एकैदिनमा रिलिज हुने भएपछि ठूलो भिडन्त पक्का भएको हो ।
जनवरी १० मा यसअघि नै बलिउडका दुई आशातित चलचित्र ‘छपाक र तन्हाजी’ भिड्ने पक्का भएको थियो । नायक अजय देवगण र सैफअली खानको ‘तन्हाजी’ ऐतिहासिक कथामा बनेको चलचित्र हो । यस्तै, नायिका दीपिका पादुकोणको ‘छपाक’ एसिड आक्रामणमा परेकी एक यूवतीको कथामा बनेको चलचित्र हो ।
अब, यो मितिमा साउथका सुपरस्टार रजनीकान्तको चलचित्र ‘दरबार’ पनि रिलिज हुने भएको छ । यो चलचित्र भारतभर विभिन्न भाषामा रिलिज हुने भएको छ । ‘दरबार’को ट्रेलर सोमबार रिलिज भएको छ । यसलाई दर्शकले रुचाएका छन् ।
यो चलचित्रमा रजनीकान्त प्रहरीको भूमिकामा देखिएका छन् । रजनीको एक्सन अवतारलाई दर्शकले खुबै मन पराएका छन् । यसैले, पनि जनवरी १० को भिडन्त बलिउडका नयाँ बर्षको सुरुवातमै हुन लागेको ठूलो भिडन्तको रुपमा हेरिएको छ ।
प्रतिक्रिया 4