Comments Add Comment

‘लप्पन छप्पन २’ छाडेकी सुरविना ‘शुभ मंगल’मा काम गर्दै

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् । चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।

उनै, सुरविनाले नयाँ चलचित्र ‘शुभ मंगल’मा काम गर्न लागेकी छिन् । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रलाई मनोज अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा सुरविनाको जोडीको रुपमा कलाकार कुशल थापा रहनेछन् । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ ।

अष्ट्रेलियामा बस्ने नेपालीको लाइफस्टाइल र प्रेमको कथामा यो चलचित्र बननेछ । यो चलचित्रलाई संगम क्षेत्री र नारायण दत्तले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ ।

नायिका सुरविना कार्कीले मुम्बइबाट अनलाइनखबरसँग कुरा गर्दै कथा मन परेकाले चलचित्रमा काम गर्न लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment